पूर्वसांसद भेटवालको निधन


नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ।

क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौंको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको नेकपा (एमाले) चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए।

उनी पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित थिए। पछिल्लो समयमा शरीरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि उनी अस्पतालमा उपचाररत थिए।

चितवन राप्ती नगरपालिका–४ भण्डारा निवासी भेटवालको श्रीमती, दुई छोरी र एक छोरा रहेको एमाले प्रदेश नम्बर ३ का सदस्य कृष्ण खनालले जानकारी दिए।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.