सरकारले सातै प्रदेशमा पाँचवटा नमुना कानुन बनाएर पठाएको छ।
कानुनमन्त्री शेरबहादुर तामाङले पत्रकार सम्मेलन गरी ५ वटा नमूना कानुन ७ वटै प्रदेशलाई पठाएको जानकारी दिए।
प्रदेशको सार्वजनिक लिखत सम्बन्धी कानुन, गाउँनगरको सभासम्बन्धी कानुन, प्रदेशको आर्थिक कार्यप्रणाली, प्रदेशको आकस्मिक कोष र मुख्य मन्त्री र प्रदेश मन्त्रीहरुको पारिश्रमिक सम्बन्धी कानुन गरि पाँचवटा कानुन सरकारले प्रदेशमा पठाइसकेको छ।
'हामीले सातै प्रदेश सरकारलाई ५वटा कानुनका नमुना पठाएका छौँ, यो हप्ताभरिमा मा अझै १७ वटा नमूना कानुन मस्यौदा गरेर पठाउँदै छौँ,' उनले भने।
सरकारले पठाएको नमूना कानुनका आधारमा प्रदेश सरकारले आवश्यक कानुन बनाउने मन्त्री तामाङले बताए। संघीय संसदले निर्माण गर्नुपर्ने १ सय १० वटा कानुनको मस्यौदा निर्माण पनि सुरु भैसकेको उनले जानकारी दिए।