कांग्रेसको आरोपलाई खण्डन गर्दै अर्थमन्त्रीले भने-श्वेतपत्रमा सबै सत्य कुराहरू राखिएको छ

फाइल तस्बिर।


अर्थमन्त्री युवराज खतिवडाले स्वेतपत्रमा उल्लेखित विषयमा कुनै पार्टी विशेषलाई लक्षित गरिएको नभई कालखण्डको मात्रै समिक्षा गरिएको स्पष्ट पारेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अर्थमन्त्रीले हालै सार्वजनिक स्वेतपत्रमा अघिल्लो सरकारले गरेका निर्णयलाई अवमूल्यन गरी दोषारोपण गर्ने काम भएको भन्दै आपत्ति जनाएपछि मन्त्रीले यसबारे सदनलाई स्पष्ट पारेका हुन्।

संविधानले गरेको व्यवस्था सम्बन्धमा निर्णय गर्दा छोटो बाटो नगरी संसदीय प्रणालीबाट मात्रै गर्न आफूले सजग गराएको पनि उनले स्पष्ट पारे। कांग्रेस नेतृत्वको सरकारले भूकम्प प्रभावितका लागि भनी घोषणा गरेको राहतलाई फजुल खर्च भनी चित्रण गरिएको भन्दै व्यापक विरोध भएको थियो।

उनले स्वेतपत्रमा सरकारी ढुकुटी रित्तो अवस्थामा छ भनेर सरकारले अतिरञ्जना गरेको आरोप कांग्रेका सांसदहरूले लगाएका थिए ।

उनले श्वेतपत्रमा सबै सत्य कुराहरू राखिएको र त्यसबाट सरकार समस्या समाधान नगरी उम्कने स्थान नरहेको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.