मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र संसद अधिवेशनका बारे छलफल हुने बताइएको छ।
आजै प्रधानमन्त्री ओलीले संसदका दुबै सदनमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने भएका छन्।
प्रधानमन्त्री ओलीले दिउँसो साढे १ बजे प्रतिनिधि सभा र ४ बजे राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली शुक्रबार भारतको तीन दिने राजकीय भ्रमणमा जाँदै छन्।
दोस्रो पटक प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो।