कर्णाली प्रदेशसभा : कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक सम्पन्न


मंगलबार (भोलि) बस्ने कर्णाली प्रदेशसभाको सातौं  बैठकको तयारीका लागि सोमबार कार्य व्यवस्था समितिको बैठक बसेको छ।

बैठकले सातौं बैठकका लागि एजेण्डाहरू तय गरेको छ।

बैठकले तय गरेका एजेण्डा अनुसार मंगलबार बस्ने बैठकमा सबैभन्दा पहिले शून्य समयमा सांसदहरूले आफ्ना क्षेत्रका समस्या, सरकारसँगका गुनासाहरू राख्नेछन्।

यस्तै, सरकारका मन्त्रीहरूले छैठौं बैठकमा सांसदहरूले उठाएका एजेण्डा, घटना र समस्याका बारेमा जानकारी दिइने छ।

त्यसपछि प्रदेशसभा नियमावलीमाथि छलफलसहित पारित गर्ने कार्यसूची तय भएको सभामुख राजबहादुर शाहीले जानकारी दिएका छन्। उनका अनुसार संसदको उक्त बैठकमा आर्थिक कार्यविधि विधेयकमाथि पनि दफावार छलफल हुनेछ।

कर्णाली प्रदेश सभाको सातौं बैठक चैत २० गते मंगलबार दिउँसो १ बजे बस्ने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.