महिना दिनभित्र सबै वडामा कर्मचारी पुग्छन्- मन्त्री पण्डित


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुने बताएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले  महिना दिनभित्र स्थानीय तहअन्तर्गत सबै वडासम्म कर्मचारी व्यवस्थापन हुने दाबी गरे।

‘एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ,’ मन्त्री पण्डितले भने, ‘ कर्मचारीले काम गर्ने वातावरण मिलाउने काम जनप्रतिनिधिको काम हो।’

मन्त्री पण्डितले ठगेर/ढाँटेर बिदा मिलाउने र काठमाडौंकेन्द्रीत हुने कर्मचारीलाई हाजिरीको व्यवस्था गर्ने कार्यालय प्रमुखलाई नै कारबाही गर्नेसमेत बताएका छन्।

कर्मचारी व्यवस्थापन स्थानीय तहको ठूलो समस्या बनेको छ। कर्मचारी अभावका कारण कतिपय स्थानीय तहमा चुस्त रूपमा सञ्चालन हुन सकेको छैन।

सबै स्थानीय तहमा करिब ५४ हजार कर्मचारी आवश्यक पर्छ मन्त्रालयको सर्वेक्षण अनुसार एउटा गाउँपालिकाम ५९ कर्मचारी अवाश्यक हुन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.