व्यापारीकै संरक्षणमा कालोबजारी- उद्योगमन्त्री मातृकाप्रसाद यादव (भिडियोसहित)

फाइल तस्बिर।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरूकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन्।

मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको दाबी पनि गरे।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरूले अभियाननै चलाउनुपर्ने आवश्यकता पनि औंल्याए। मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि साथ दिन पनि व्यापारीहरूलाई आग्रह गरे।

त्यस अवसरमा उनले व्यापारीहरू सरकारमैत्री नभएको गुनासो पनि गरे।

मन्त्री यादवले सरकारले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीसँग विस्तृत छलफल गर्ने योजना बनाएको पनि जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीहरूसँग विस्तृत छलफल गर्ने मन्त्री यादवको योजना छ। मन्त्री यादवले सरकार कालो बजारी हुन नदिन प्रतिबद्ध रहेको पनि बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.