प्रधानमन्त्रीले बोलाए काठमाडौंस्थित विदेशी कुटनीतिज्ञ


प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी कुटनीतिज्ञसँग मंगलबार छलफल गर्ने भएका छन्।

कुटनीतिज्ञहरूलाई नयाँ सरकारका नीति र प्राथमिकताबारे जानकारी दिन अपरान्ह १२ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

छलफलको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो।

‘नयाँ सरकारका नीति र प्राथमिकताबारे कुरा हुन्छ,’ प्रेस संयोजक अधिकारीले भने, ‘कुटनीतिज्ञहरुले आफूखुसी प्रदेशमा गरेका भेटघाटलगायत विषयमा पनि छलफल हुन्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.