संसदमा एमाले सांसदको प्रश्न– पाकिस्तानी प्रधानमन्त्री पनि स्वराजजस्तै प्रेम सुमधुर पार्न आएका हुन्?


सत्तारुढ दल नेकपा एमालेकै सांसदले सोमबारको संसद बैठकमा नियमापत्ति जनाएका छन्।

मकवानपुर क्षेत्र नम्बर २ निर्वाचित एमाले सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको भ्रमणबारे संसदलाई जानकारी नगराएको भन्दै नियमापत्ति जनाएका हुन्।

‘सरकारले विदेशी राष्ट्र/ सरकार प्रमुख आउँदा संसदलाई जानकारी दिनपर्छ, यो संसदको अधिकार हो, हो,’ खतिवडाले भने, ‘तर पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे संसदलाई जानकारी नै दिइएन। कि उनी पनि सुष्मा स्वराज (भारतीय विदेश मन्त्री) जस्तै प्रेम सुमधुर पार्न नेपाल आएका हुन्?’

अब्बासी फागुन २१ गते दुई दिने नेपाल भ्रमणमा आएका थिए। यसअघि केपी शर्मा ओली सरकार गठन हुनु पहिले नै भारतीय  विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएकी थिइन्।

नयाँ संसदमा सुरू भएपछि पहिलो पटक सत्ता पक्षीय सांसदले नियमापत्ति गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.