कानूनभन्दा माथि हुने छुट कसैलाई छैन : मन्त्री तामाङ


कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वाेच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताएका छन्।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हुँदैन भने।

उनले कानून र विधिको शासन जोसुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहट्ने बताए।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.