मन्त्री पण्डितका अभिव्यक्ति हुकुमी छन्, तत्काल फिर्ता लिनुपर्छ : ढकाल


आधिकारिक ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनहरूका नेताहरूले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन्।

साक्षात्कारमा बोल्दै उनले भने,‘पछिल्लो समयमा उनले जुन रूपमा कर्मचारीहरू माथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरू खटाइएको स्थानमा गइसकेका छन्।’

केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर र अन्य समस्यामा परेर नगएको भएपनि अधिकांश कर्मचारीहरू खटाइएको स्थानमा गएर काम गरिरेहेका उनको जिकिर थियो। उनले थपे,‘खटाइएका  स्थानमा पुगेर कर्मचारीहरूले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छैनन्, यी लगायत यावत समस्याहरू हामीले सुन्नुपरेको छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.