आर्थिक समृद्धिको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य – मन्त्री पुन (भिडियो)

फाइल तस्बिर।


उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलस्रोतलाई मुलुकको समृद्धिको मूल आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री पुनले राष्ट्रको समृद्धि र जनताको उन्नति नै सरकारको एक मात्रै लक्ष्य रहेको पनि स्पष्ट पारे। उनले जलविद्युत क्षेत्रको विकासका लागि युग सुहाउँदो नीति बनाउने घोषणा पनि गरे।

शुक्रबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धिका लागि जलविद्युत’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको अझ बढी सहयोगको उपेक्षा सरकारले गरिरहेको पनि स्मरण गराए।

मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रको बहुउपयोग गर्न विशेष कार्यक्रम नै ल्याउने घोषणा पनि गरे। उनले सरकार परिणाम दिने गरी काममा केन्द्रीत भएको दाबी पनि गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.