सुन्धारामा आगलागी (भिडियो)


काठमाडौं, चैत ७ (सेतोपाटी)

काठमाडौंको सुन्धारास्थित गुलाब मिठाइ पसल भएको भवनमा बुधबार साँझ आगलागी भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले भवनको पार्किङबाट आगलागी सुरु भएको जानकारी दिए।

‘भवनको माथिल्ला तलामा भएका सबै जनाको उद्दार भइसकेको छ, पार्किङमा कोही भए÷नभएको अहिलेसम्म जानकारी छैन,’ डिएसपी थापाले भने, ‘नेपाली सेना, प्रहरी र महानगरका दमकलले आगो निभाइरहेका छौं।’

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.