कर्मचारी युनियनमा पनि देउवा समूह पराजित


नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को अध्यक्षमा गोपालप्रसाद पोखरेल  विजयी भएका छनु्।

बुधवार चितवनमा सकिएको सातौं अधिवेशनबाट पोखरेल तीन वर्षे कार्यकालका लागि विजयी भएका छन्।

२८४ भोट ल्याएर पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने चुनावमा कृष्णप्रसाद सिटौला पक्षका कर्मचारीले सघाएका थिए।

अध्यक्ष पदका प्रत्यासी राजेन्द्र बुढाथोकीले २५४ मत ल्याए। उनी सभापति शेरबहादुर देउवा समूहका हुन्। पार्टीमा देखिएको गुटगत राजनीति कर्मचारीको चुनावमा सतहमै देखिएको थियो।

८० सदस्यीय कार्यसमितिमा विजयी अधिकांश पदाधिकारी तथा सदस्य पौडेल समूहका छन्। पाँच जना थप मनोनित गर्न बाँकी छ।

महाधिवेशनका लागि देशभरका कांग्रेस निकट कर्मचारी चैत ४ गतेदेखि नै चितवनमा थिए।

यसअघि  शनिबार भएको  कांग्रेस निकट शिक्षक संघको चुनावमा रामचन्द्र पौडेल समूहका राजेन्द्रराज पौडेलको प्यानलले एउटाबाहेक सबै सिट जितेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.