कांग्रेसको मुख्य सचेतकमा बालकृष्ण खाँण नियुक्त


 

नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन्। उनलाई मंगलबार पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा मनोनयन गरेका हुन्।

देउवाले  मुख्य सचेतकमा खाँणलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। देउवाले भने सामाजिक सञ्जाल ट्वीटर मार्फत खाँणलाई मुख्य सचेतक बनाएको बताएका छन्।

‘नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँडलाई नियुक्त गरेको छु,’ उनले ट्वीट  गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.