उपमेयर विरुद्ध वडा अध्यक्ष धर्नामा


हंसपुर नगरपालिका धनुषाका वडा अध्यक्षसहित ३७ जना जनप्रतिनिधि धर्नामा बसेका छन्।

मंगलबार बिहानदेखि धर्नामा बसेका उनीहरूले उपमेयर तानाशाही भएको भन्दै धर्नामा बसेको वडा अध्यक्ष उदयकुमार सिंहले बताए।

‘उपमेयर हचुवाको तालमा अनशन बस्नुभयो। नगरको काम प्रभावित पार्नुभयो,’ सिंहले भने, ‘हंसपुर नगरको योजना र कार्यक्रम बहुमतले पारित भएपनि उहाँ बुझ्दै नबुझी अनशन बस्नुभयो। उहाँको यो तानाशाही विरुद्ध हामी पनि धर्नामा बसेका हौं।’

उनले लिखित सम्झौता नभएसम्म धर्ना जारी रहने बताए। जनप्रतिनिधिका जायज माग भएकोले प्रकृयामा आए माग सम्बोधन हुने मेयर राम ज्ञान मण्डलले जानकारी दिए।

यसअघि उपमेयर रेणुदेवी झा मेयर राम ज्ञान मण्डल विरुद्ध अनसन बसेकी थिइन्।

उनले उपमेयरको अधिकार सुनिश्चित हुनुपर्ने, बघचौडास्थित नगरपालिका केन्द्रमा नियमित कार्यालय सञ्चालन हुनुपर्ने, नगरको नीति तथा कार्यक्रम, बजेट पारदर्शी हुनुपर्ने लगायत ५ बुँदे माग राख्दै अनसन बसेकी थिइन्। उनले सोमबार राती ९ बजे अनसन तोडेकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.