उपराष्ट्रपति पुनद्वारा सपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै उपराष्ट्रपति नन्द बहादुर पुन।तस्बिर : नारायण महर्जन /सेतोपाटी


उपराष्ट्रपति नन्द बहादुर पुनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।

आइतबार सम्पन्न निर्वाचनमा उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भए।

वामगठबन्धनबाट उनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.