प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले एक महिनाभित्र नियमावली पारित गर्ने

आगामी ८ गते समितिको सभापति चयन गर्ने


प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले एक महिनाभित्र नियमावली पारित गर्ने भएको छ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा बसेको नियमावली मस्यौदा समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

समितिका ज्येष्ठ सदस्य विमल प्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकले आगामी ८ गते समितिको सभापति चयन गर्ने निर्णय गरेको सांसद दिलेन्द्र प्रसाद बडूले बताए।

गत फागुन २२ गते बसेको प्रतिनिधिसभा बैठकले नियमावली मस्यौदा समितिको गठन गर्दै समितिलाई कार्य प्रारम्भ भएको मितिले १ महिनाभित्र नियमावली पारित गर्ने समय दिइएको थियो। नियमावली नबनेसम्म संसदीय समितिहरूको गठन हुन सक्दैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.