हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न कांग्रेस नेताको माग


नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

जिल्ला सभापति आचार्यले राजधानीमा पत्रकार सम्मेलन गरि लामाको तत्काल रिहा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

सरकारले दुईतिहाई बहुमतको आडमा प्रमुख प्रतिपक्षमाथि दमनको निति स्वरूप लामालाई पक्राउ गरेको दाबी गरेका छन्।

आचार्यले तत्काल रिहा नभए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।

लामा गत बुधबार राति एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित काठमाडौंको गौशालामा पक्राउ परेका थिए। लामालाई महानगरीय प्रहरी परिसरले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरी अनुसन्धान जारी राखेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.