राजपाको समानुपातिक सूचीमा रेणु शर्मा ‘आउट’, नरमाया ढकाल ‘इन’


राष्ट्रिय जनता पार्टी राजपाले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ।

उसले खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाएको हो।

यसअघि राजपाले रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम पठाएको थियो।

आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.