मोदीले दिए ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा शुभकामना

फाइल फोटो : पिबिआई इन्डिया


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन्।

आइतबार दिउँसो साढे ४ बजेतिर ओलीलाई फोन गरेर मोदीले शुभकामना दिएको ओलीको सचिवालयले जानकारी दिएको छ। ओली र मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको छ ।

‘प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ। मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै वहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ। अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ।’

यसअघि चुनावपछि मोदीले कांग्रेस सभापति  तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.