एमाले–माओवादी एकता संयोजन समिति बैठक तीन बजे

फाइल तस्बिर।


नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो।

यसअघि शनिबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजको बैठकमा एजेन्डाबारे छलफल भएको थियो।

आजको बैठकमा राष्ट्रिय सभामा उम्मेवार, प्रदेशका मुख्यमन्त्रीलगायतका विषयमा छलफल हुनेछ। साथै दुई दलले गठन गरेको संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजबारे पनि बैठकमा छलफल हुनेछ।

संयोजन समितिमा दुबै दलका अध्यक्षसहित शीर्ष नेताहरु सदस्य छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.