प्रदेश प्रमुखको सपथ दिउँसो ४ बजे


प्रदेश प्रमुखले आज दिउँसो ४ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले ४ बजे सपथ ग्रहणका लागि तयारी भइरहेको सेतोपाटीलाई जानकारी दिए।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

संविधानले केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिनु पर्ने व्यवस्था गरेको छ।

प्रदेश प्रमुखको सपथसँगै प्रदेश सभा सदस्यको सपथ र प्रदेश सरकार गठनको प्रक्रियाले गति लिनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.