प्रदेश प्रमुखको सपथ शुक्रबार हुने


बुधबार नियुक्त भएका प्रदेश प्रमुखको सपथ शुक्रबार गराउने गरी राष्ट्रपति कार्यालयले तयारी थालेको छ।

पर्सि शनिबार परेकाले आइतबारसम्म कुर्नुभन्दा भोलि नै प्रदेश प्रमुखको सपथ खुवाउनु राम्रो हुने भन्दै राष्ट्रपति कार्यालयले तयारी थालेको हो।

‘औपचारिक निर्णय त भएको छैन, तर आइतबारसम्म प¥याउनुभन्दा भोलि नै गर्नु राम्रो भन्ने छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

आइतबार प्रदेश प्रमुखले सपथ लिँदा निर्वाचन आयोगले राष्ट्रिय सभाका मतदाताको सूची बनाउन समेत समस्या हुने भएकाले भोलि नै प्रदेश प्रमुखको सपथ हुन लागेको स्रोतले बतायो।

प्रदेशमा केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखलाई राष्ट्रपतिले सपथ खुवाउनु पर्छ।

प्रदेश प्रमुखले प्रदेश सभा सदस्यलाई सपथ खुवाउने संवैधानिक व्यवस्था छ।

सपथ खाएपछि उनीहरुको कार्यकाल सुरु हुन्छ।

बुधबारकाे मन्त्रिपरिषद बैठकले गोविन्द सुब्बा, रत्नेश्वरलाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गाकेशर खनाल र  मोहनराज मल्ललाई क्रमश: १ देखि ७ नम्बरका प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.