अबको प्रधानमन्त्री को हो भन्नुस्, म आजै छोड्न तयार छु : देउवा

फाइल।


प्रधानमन्त्री शेरबहादुर देउवाले अबको प्रधानमन्त्री को हो भन्ने टुंगो लागे आफू सरकार छोड्न तयार रहेको बताएका छन्।

कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनका कुनै दलको बहुमत नआएको र दुबै दलले अबको प्रधानमन्त्री को हो भन्ने टुंगो नलगाएकाले आफूले सरकार छोड्न नमिलेको जिकिर गरे।

उनले आफूले अहिले छोड्दा संवैधानिक रिक्तता हुने भएकोले सरकारमा बसिरहेको बताए।

‘एकातिर प्रतिनिधि सभाले पूर्णता पाएको छैन, अर्कातिर अबको प्रधानमन्त्री को हो टुंगो छैन, मैले कसलाई छोडेर जाने?’ देउवाले भने।

उनले आफूले सरकार छोडेन भनेर आरोप लगाउनु गलत भएको बताए।

प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्कने कार्यक्रम छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.