राष्ट्रिय सभा उम्मेदवारका लागि एमालेले तोक्यो ६ मापदण्ड


नेकपा एमालेले राष्ट्रिय सभा उम्मेदवारका  लागि ६ वटा मापदण्ड र सिफारिसको विधि तय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय  सचिवालयको बैठकले उम्मेदवारको ६ मापदण्ड र सिफारिसको विधि तोकेकाे हो।

बैठकले संविधानका धारा ८७ बमोजिम योग्यता पुगेको, पार्टीमा लामो योगदान गरेको, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायतका क्षेत्रबाट विशिष्ठ योगदान पुर्‍याएको, भौगोलिक र सामाजिक सन्तुलन, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समावेशी सूचीमा नाम समावेश नभएका र विभिन्न विषयमा विज्ञ र विशेषज्ञ हुनु पर्ने मापदण्ड तोकेकाे हाे।

एमालेले प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट मापदण्डअनुसार माघ ३ गतेभित्र नाम पार्टी कार्यालयमा सिफारिस गरेको छ।

माघ २४ गते राष्ट्रिय सभा चुनाव हुँदैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.