प्रदेश प्रमुख र अस्थायी मुकाम नतोकी सकियो मन्त्रिपरिषद् बैठक


मन्त्रिपरिषद्को बैठक सकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकामबारे केही निर्णय नगरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो।

बालुवाटार स्रोतका अनुसार दुबै विषयमा थप परामर्श गर्नपर्ने देखिएकाले आजको बैठकले यस विषयमा निर्णय गर्न नसकेको  हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.