ओली बैंकक जानुअघि दाहालसँग भेट

बालकोटमा जारी बैठकमा सहभागी नेताहरू। तस्बिर: माओवादी अध्यक्ष दाहालको सचिवालय।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले भेटवार्ता जारी छ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा जारी भेटमा एकता संयोजन समितिले मंगलबार बनाएको कार्यदलका सदस्य पनि उपस्थित छन्।

आजै दिउँसो साढे १२ बजे नियमित स्वास्थ्य परीक्षण गर्न थाइल्याण्ड जान लागेका ओली र दाहालबीच कार्यदलका सदस्यलाई निर्देशन दिन भेट भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

भेटमा कार्यदलमा रहेका नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापा र वर्षमान पुन पनि उपस्थित छन्। कार्यदलका सदस्य सुरेन्द्र पाण्डे र मातृका यादव राजधानीबाहिर भएकाले बैठकमा उपस्थित भएका हुन्।

मंगलबार बसेको दुई पार्टीको एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवार र प्रदेश सरकार गठन गर्न सुझाव दिन कार्यदल बनाएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.