डाक्टर केसी सर्वोच्चमा


अवहेलना मुद्दामा पक्राउ परेकय त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालत पुर्‍याएको छ।

सोमबार राति ८ बजे पक्राउ परेका केसीलाई सिंहदरबारस्थित प्रहरी वृतमा राखिएको थियो।

प्रहरीले मंगलबार बिहान नौ नबज्दै केसीलाई सर्वोच्च पुर्‍याएको हो।

अदालतले मंगलबार ९ बजेभित्र उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

अब अदालती प्रक्रिया पुर्‍याएर केसीको अवहेलना मुद्दामा बयान सुरु हुनेछ।

यसैबीच डाक्टर केसीका समर्थक अहिले राम शाह पथमा उनको पक्राउविरुद्द प्रदर्शन गरिरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.