माओवादीसँगको एकताबारे छलफल गर्न एमाले स्थायी समिति बैठक बस्दै

फाइल।


नेकपा एमालेको स्थायी समिति बैठक सोमबार दिउँसो बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो २ बजेका लागि बैठक डाकिएको छ।

एमाले नेता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुनेछ।

पार्टी एकताका विषयमा आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।

चितवनबाट आजै काठमाडौं फर्किएका दाहाल ओलीलाई भेटन साँझ सवा छ बजे बालकोट पुगेका छन्।

यसअघि दाहालले पार्टी बैठकमा एकताबारे ओलीसँग ठोस छलफल गर्ने बताएका थिए।

एकतापछि बन्ने पार्टी र सरकारको नेतृत्व, पार्टी सिद्धान्त र संगठनबारे दुई पार्टीबीच छलफल जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.