प्रदर्शनमा उत्रिएका ११ साउदी राजकुमार पक्राउ


साउदी अरब प्रहरीले शाही महलबाहिर प्रदर्शन गर्ने ११ जना राजकुमारलाई पक्राउ गरेकाे छ।

साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा संलग्न भएको आरोपमा शनिबार ११ जना राजकुमारलाई पक्राउ गरिएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन्।

ती राजकुमारहरूआफूहरूको  बिजुली र पानीको बिल नतिरिदिन  राजा सलमानले सरकारलाई दिएको निर्देशनको विरोधमा उत्रिएका थिए।

पक्राउ परेका राजकुमारको नाम भने सार्वजनिक गरिएको छैन।

साउदी अरब सरकारले शाही परिवारसँग जोडिएका सबैले आफ्नो पानी र बिजुलीको बिल आफैँ तिर्न भनेको छ।

गत नोभेम्बरमा पनि भ्रष्टाचारमा संल‌ग्न भएको भन्दै दर्जनौं राजकुमारलाई गिरफ्तार गरिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.