जाम्बियाका सेना प्रमुख र नेपाली सेनाप्रमुखबीच भेटघाट


नेपालको औपचारिक  भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग आज  भेटवार्ता गरेका छन्।

अपराह्न जंगी अड्डामा भएकाे भेटमा द्विपक्षीय हित तथा पारस्परिक चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेना प्रमुख पल मिहोभाले अाज सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरेका  थिए भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एकटुकडीले सम्मान गारतका साथ उनको स्वागत गरेको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.