यस्तो छ प्रचण्डको नयाँ निवास (तस्वीरहरु)


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत मंसिर २९ गते लाजिम्पाट छाडेर खुमलटार सरेका थिए। तर उनको नयाँ निवासको तस्वीर भने सार्वजनिक भएको थिएन। छोरा प्रकाश दाहाललाई गुमाएपछि श्रमती सीताको आग्रहमा प्रचण्डले लाजिम्पाट निवास छाडेका थिए।

उनी ललितपुर महानगरपालिका वडा नं ५ मा बस्न थालेका हुन्।

खुमलटार हाइटमा प्रचण्ड नयाँ  घर सरेका हुन्। डाँडामा रहेको उनको घरबाट ललितपुरको दृश्य समेत देख्न सकिन्छ। तर नयाँ घरमा प्रचण्डलाई पानीको भने समस्या छ। प्रचण्डको घरमा अहिले ट्याङ्करबाट पानी ओसार्न थालिएको छ। प्रचण्डको परिवारसँगै बुहारी बिना मगर  र भाञ्जीहरु समेत बस्छन्।

प्रचण्डको घरमा ठूलो कम्पाउण्ड समेत छ। घर सँगै सुरक्षाकर्मीका लागि आवास गृह समेत तयार गरिएको छ। तर पुरानो घरमा रंग भने लगइएको छैन।

प्रचण्डलाई नयाँ घर शारदाप्रसाद अधिकारीले उपलब्ध गराएका हुन्। घर भाडामा लिइएको हो वा हैन भन्ने विषयमा उनको सचिवालयले केही खुलाएको छैन। अधिकारी ‘ए’ ग्रेडका ठेकेदार हुन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.