पूर्वसभामुख रानाभाटलाई सरकारले दियो ७ लाख


सरकारले कांग्रेस नेता तथा पूर्वसभामुख तारानाथ रानाभाटलाई आर्थिक सहायतास्वरुप ७ लाख रुपैयाँ दिएको छ।

मंसिर ६ गतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रानाभाटलाई रकम दिएकोे अर्थ मन्त्रलाय जनाएको छ।  गृह मन्त्रालयकाे प्रस्तावमा रानाभाटलाई उक्त रकम दिइएको हो।

रानाभाटले सरकारले दिएको रकम अाफूले पाइसकेको बताए। उनी अहिले हर्नियाको शल्यक्रिया गरेर अाराम गरिरहेका छन्।

सरकारले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीलाई पनि उचारका लागि ५ लाख ७५ हजार रुपैयाँ दिएको  छ। मंसिर ६ गतेकै मन्त्रिपरिषद् बैठकल न्यायाधीश केसीलाई सहायता दिने निर्णय गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.