कांग्रेसले टुङ्गायो प्रदेश सभा समानुपातिक तर्फका ७२ सांसदको नाम


नेपाली कांग्रेसले प्रदेश तर्फबाट समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ।

साँझ अबेरसम्म बसेको कार्यसम्पादन समिति वैठकले प्रदेशसभामा समानुपातिक तर्फका ७२ सांसदको नाम टुङ्गाएर निर्वाचन आयोगमा बुझाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे देखि बसेको बैठकले उम्मेदवारी टुंगो लगाएको हो।

आयोगले शुक्रबार पाँच बजेसम्म प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम पठाउन भनेको थियो। कांग्रेसले समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.