राजपाले सुटुक्क बुझायो समानुपातिक सांसदको सूची


 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश तर्फबाट समानुपातिक सांसदहरूको सूची सुटुक्क बुझाएको छ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको सूची बुझाएका हुन्।

राजपाका तर्फबाट, प्रदेश नम्बर दुईमा दस जना,प्रदेश नम्बर पाचमा एक र प्रदेश नम्बर सातमा एक जना चुनिएका छन्।

राजपा स्रोतका अनुसार दुई नम्बर प्रदेशबाट रामनरेश राय,जानकी शरण शाह,रामप्रवेश बैठा,बबिता कुमारी,निलमदेवी भुमीहारी,अञ्जुकुमारी,पुनम यादव,विवा ठाकुर,डिम्पल झा र लैला खातुन रहेका छन्।

समानुपातिक सांसद चयनलाई लिएर राजपा कार्याल तोडफोड भएको छ। मधेसी निजामती कर्मचारी महासंघका पुर्वअध्यक्ष विनोदकुमार सिंहलाई सांसद नबनाईएको भन्दै कार्यालय तोडफोड भएको हो।

सिंहले समानुपातिक बन्दसूची राख्नुभन्दा केही दिन अघि मात्रै जागिरबाट राजिनामा दिएका थिए। राजपाको पार्टी कार्यालय भवन मधेसी निजामती कर्मचारी महासंघको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.