गैरआवासीय राजदूत नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतमा शुक्रबार नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.