क्याबिनेटमा कमल थापाको आफ्नै मन्त्रीसँग गलफत्ति

फाइल तस्बिर।


उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाकाे अाफ्नै पार्टीका मन्त्रीसँग मन्त्रिपरिषद् बैठकमा गलफत्ति परेकाे छ।

बिहीबारको क्याबिनेट बैठकमा उपप्रधानमन्त्री थापा र सहरी विकास मन्त्रीबीच चर्काचर्की परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै हस्तक्षेप गर्नु परेको थियो।

सचिव फेर्ने विषयलाई लिएर थापा र गिरीकाे चर्कचर्की परेकाे हाे। एक मन्त्रीका अनुसार बैठकमा सबैजसो मन्त्रीले सचिवले नटेरेकाेले काम गर्न कठिन भएको गुनासो गरेका थिए।

मन्त्रीहरूले यसको दाेष मुख्यसचिव लाेकदर्षन रेग्मीलाई दिएका थिए। जवाफमा मुख्यसचिव रेग्मीले आफूलाई यही सरकारले नै मुख्यसचिव बनाएकाेले सरकारप्रति उत्तरदायी हुने बताएका थिए।

रेग्मीले अाफू नेपाल सरकारप्रति सधैँ उत्तरदायी हुने र सधैं रहिरहने बताएका थिए।

सचिव मन्त्रीको सहयोगी भएकोले अाफूलाई असहयोग गर्ने सचिवलाई मन्त्रीले हटाउन सक्ने रेग्मीले सुझाव दिएका थिए।

रेग्मीको भनाइलगत्तै सहरी विकास मन्त्री गिरीले मन्त्रालयका सचिव दीपेन्द्र शर्माको दुई वर्षे कार्यकाल सकिएकाले अर्को सचिव फेर्न चाहेकाे  बताएका थिए।

गिरीले शर्माको ठाउँमा सहरी विकासमा पिएचडी गरेका रमेशप्रसाद सिंहलाई ल्याउन प्रस्ताव गरेका थिए। गिरीको प्रस्ताव अाउनसाथै थापाले अाफूलाई नसाेधी प्रस्ताव ल्याएको भन्दै गिरीलाई हप्काएकाे श्राेतले बतायो।

अाफूलाई नभनी प्रस्ताव ल्याएकोले मन्त्रीबाट हटाउने चेतावनी थापाले गिरीलाई दिएका थिए।

जवाफमा गिरीले थापालाई म त राजीनामा नै दिन्छु तर तपाईंलाई मन्त्री बन्ने जनादेश छ र?  भनेर सोधेका थिए।

थापा र गिरीबीच चर्काचर्की परेपछि प्रधानमन्त्री देउवाले कसैले राजीनामा दिने पनि हाेइन र म स्वीकृत पनि गर्दिन भन्दै स्थितिलाई सामान्य बनाएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.