प्यारालाइसिस भएका अपाङ्गहरुलाई सरकारले मासिक पाँच हजार भत्ता दिने


सरकारले दुवै मृगौलाले काम नगर्ने व्यक्ति, क्यान्सर रोग र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका अपाङ्गहरूलाई मासिक पाँच हजार भत्ता दिने भएको छ।

मन्त्रिपरिषद्को बैठकले उनीहरूको जिविकोपार्जनका लागि भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

सरकारले स्वास्थ्य मन्त्रालयतमा तीन महिनादेखि रिक्त सचिव पदमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ। उनले निमित्त सचिवको रूपमा मन्त्रालय सम्हाल्दै आएकी थिइन्।

त्यस्तै, मन्त्रिपरिषदले धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालय अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारको १ अर्ब ४ करोड बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सफल कार्यक्रम अगाडि बढाउन विश्व बैंकको करिब ६० अर्ब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.