प्रदेश सभाका समानुपातिक सांसद टुंग्याउन एमाले स्थायी समिति बैठक बस्दै 

तस्बिर: नारायण महर्जन/सेतोपाटी


नेकपा एमालेले सातै प्रदेशमा समानुपातिकतर्फका सांसद बिहीबार टुंगो लगाउने भएको छ।

समानुपातिक सांसद  टुंग्याउन एमाले स्थायी समितिको बैठक बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्ने बैठकले प्रदेशका समानुपातिक सांसदको टुंगो लगाउने एमाले सचिव प्रदीप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।

‘प्रदेशका समानुपातिक सांसदको टुंगो लगाउँछौं,’ ज्ञवालीले भने, ‘बैठकमा माओवादीसँगको एकता र सरकार गठनका विषयमा पनि छलफल हुन्छ।’

प्रदेश सभाको समानुपातिकतर्फ  २ र ७ मा बाहेकका ५ प्रदेशमा एमाले पहिलो पार्टी बनेको छ।

प्रदेश र प्रतिनिधि सभाको चुनावपछि दोस्रो पटक एमाले स्थायी समिति बैठक बस्न लागेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.