राष्ट्रपति भण्डारी र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता जारी


राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले भेटवार्ता जारी छ।

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले माओवादी अध्यक्ष दाहाललाई शितल निवास बोलाएकी थिइन्।

दाहाल निकट स्रोतका अनुसार बिहान साढे ९ बजे दाहाल शितल निवास पुगेका थिए।

मंगलबार राजधानी फर्किएका दाहालले यसअघि बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.