काठमाडौँको झोरमा गोली चल्यो एक महिला घाइते


काठमाडौँको झोरस्थित शिवपुरी जंगलमा गोली चल्दा घाँसकाट्न गएकी एक महिला घाइते भएकी छन्।

उनलाई अहिले शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोली चलाउने साइला तामाङ हुन्। शिकार खेल्ने क्रममा उनले गोली चलाएको हुनसक्ने प्रहरीको अनुमान छ।

गोली चलाउने तामाङ भागेकाले उनलाई समात्न नसकिएको महानगरिय अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.