कास्की क्षेत्र नम्बर २ को समानुपातिक मतगणना सकियो, कुन पार्टीको कति मत 


कास्कीमा सोमबारदेखि गणना सुरु भएको समानुपातिक तर्फको क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सम्पन्न भएको छ। मतपरिणाममा एमाले नै अगाडि देखिएको छ । क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय ६ मत खसेको थियो।

त्यसमध्ये सबैभन्दा धेरै एमालेको मत छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। चौंथोमा विवेकशील साझा पार्टी देखिएको छ। अघिल्लो चुनावमा समानुपातिक मत निकै राम्रो पाएको राप्रपाको यो चुनावमा पाचौं स्थानमा छ।

एमालेले २२ हजार ९ सय ६९ मत प्रतिनिधिसभाका लागि पाएको छ । कांग्रेसले १६ हजार ६४ मत पायो। तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ३ हजार ४ सय ७९ मत पाएको छ । यसपटकको चुनावमा कास्कीबाट विवेकशील साझा पार्टीलाई राम्रै मत परेको छ। विवेकशीलले २ हजार ६ सय ६८ मत पायो। राप्रपाको १ हजार ७१ मत रहेको छ।

प्रदेशसभामा पनि एमाले अगाडि छ । उसैगरी कांग्रेस दोस्रो, माओवादी तेस्रो र विवेकशील साझा पार्टी चौंथो स्थानमा छ। प्रदेशसभामा एमालेले २१ हजार ७ सय ९७ मत ल्याएको छ । कांग्रेसले १५ हजार ६ सय ६० मत पाउँदा माओवादी केन्द्रले ४ हजार ५७  मत ल्यायो।

विवेकशील साझा पार्टीले २ हजार १ सय ६१ र राप्रपाले १ हजार २ सय २० मत पाएका छन्। नेपाली कांग्रेस, एमाले र विवेकशील साझाले प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा कम मत ल्याएका छन्।

दल प्रतिनिधिसभा प्रदेशसभा १ प्रदेशसभा २
नेकपा एमाले २२९६९ १२४६९ ९३२८
नेपाली कांग्रेस १६०६४ ७२२७ ८४३३
माओवादी केन्द्र ३४७९ २१५० १९०७
विबेकशील-साझा २७६८ ११३८ १०२३
राप्रपा १०७१ ५५५ ६६५
नयाँशक्ति ३७४ ४२२ ११०
संघीय समाजवादी फोरम ३७४ २६५ २१७

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.