२ नम्बरको प्रदेश सभामा कांग्रेसभन्दा एमाले अगाडि


दुई नम्बर प्रदेशको प्रतिनिधि सभामा एमालेभन्दा  धेरै सिट कांग्रेस प्रदेश सभामा भने पछाडि परेको छ।

कांग्रेसले यो प्रदेशका ३२ प्रतिनिधिसभा क्षेत्रमध्ये ५ क्षेत्रमा जितेको छ।  एमालेले भने २ स्थानमा  निर्वाचन जितेको छ।  एमाले उम्मेदवार सर्लाही -१ अग्रता लिएका छन्।

प्रदेश सभामा भने एमालेले कांग्रेसले भन्दा ५ स्थानमा बढी जितेको छ। एमालेले दुई नम्बर प्रदेशका १३ वटा प्रदेशसभामा जितेको छ भने कांग्रेस ८ क्षेत्रमा सीमित भएको छ।

यो प्रदेशमा ६४ वटा क्षेत्र  छन्। तीमध्ये ६० क्षेत्रको मत परिणाम अाइसकेकाे छ।

एमालेले विजयी हासिल गरेका प्रदेश सभाहरू

१.सप्तरी १ को प्रदेश नम्बर १ मा सत्यनारायण मण्डल

२.सप्तरी ४ को प्रदेश नम्बर १ मा गोविन्दबहादुर न्यौपाने

३.सिराहा १ को प्रदेश नम्बर १ मा लगनलाल चौधरी

४.सिराहा १ को प्रदेश नम्बर अशोक कुमार यादव

५.सिराहा २ को प्रदेश नम्बर २ मा मदन सेन प्रसाद श्रीवास्तव

६.सिराहा ३ को प्रदेश नम्बर २ मा प्रमोदकुमार यादव

७.धनुषा १ को प्रदेश नम्बर १ मा किशोरी साह कमल

८.महोत्तरी १ को प्रदेश नम्बर १ मा शारदा देवी यादव

९.सर्लाही १ को प्रदेश नम्बर २ मा वेची लुङ्गेली

१०.सर्लाही ३ को प्रदेश नम्बर १ मा डिल्ली प्रसाद उप्रेती

११.रौतहट ३ को प्रदेश नम्बर १ मा नागेन्द्र राय यादव

१२.बारा १ को प्रदेश नम्बर १ मा त्रिलोकी प्रसाद

१३.बारा ४ को १ मा सुन्दर बहादुर विश्वकर्मा

कांग्रेसले विजय हासिल गरेका क्षेत्रहरू

१.सप्तरी ३ को प्रदेश नम्बर २ मा मोहम्मद समिम

२.धनुषा ३ को प्रदेश नम्बर १ मा रामसरोज यादव

३.सर्लाही ४ को प्रदेश नम्बर १ मा विरेन्द्र प्रसाद सिंह

४.सर्लाही ४ को प्रदेश नम्बर २ मा उपेन्द्र प्रसाद कुशवाहा

५.रौतहट २ को प्रदेश नम्बर १ मा नागेन्द्रप्रसाद सिन्हा

६.रौतहट ४ को प्रदेश नम्बर १ मा धनलाल ठोकर

७.पर्सा १ को प्रदेश नम्बर १ मा राजेश्वरप्रसाद साह

८.पर्सा ४ को प्रदेश नम्बर १ मा शंकर प्रसाद चौधरी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.