पुन:निर्माण प्राधिकरणका पूर्व सिइओ पोखरेल पराजित


पुन निर्माण प्राधिकरणका पूर्व सिइओ गोविन्द पोखरेल पराजित भएका छन्। प्यूठानबाट उम्मेदवार बनेका पोखरेललाई राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पराजित गरेकी हुन्।

उनले ४७ हजार ५ सय १४ मत ल्याएकी छिन्। पराजित पोखरेलले ३१ हजार २ सय ८६ मत ल्याए। प्राधिकरणका सिइओ रहँदै  उम्मेदवार बन्न दौडधुप गरेपछि उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको थियो। लगत्तै पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए।

पोखरेललाई पराजित गर्ने दुर्गा पौडेललाई वाम गठबन्धनको समर्थन छ। उनी नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी श्रीमती हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.