काठमाडौं–५ मा एमालेका ईश्वर पोखरेल १० हजार मतान्तरले विजयी भएका छन्।
उनले २३ हजार २९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार ६९ मत प्राप्त गरे।
योसँग काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटा एमालेको खातामा गएको छ।
पोखरेल तेस्रो प्रयासमा काठमाडौंबाट सांसद निर्वाचित हुन लागेका हुन्। यसअघि २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा उनी कांग्रेसका नरहरि आचार्यबाट पराजित भएका थिए।