गुल्मीका दुवै क्षेत्रमा एमाले विजयी


प्रतिनिधिसभा निर्वाचनमा गुल्मीका दुवै क्षेत्रबाट नेकपा एमाले विजयी भएको छ।

गुल्मी १ बाट एमाले सचिव प्रदीप ज्ञवाली ३७८१४ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले ३०२५६ मत ल्याएका छन्।

गुल्मी २ मा एमालेकै गोकर्ण विष्ट ३४६१८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.