पूर्व सभामुख नेम्वाङको जित सुनिश्चित


पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको छ।

इलाम–२ मा आफ्ना निकट प्रतिद्वन्द्वीको तुलनामा उनी ९३७१ मतले मतले अगाडि छन्। यहाँ अब लगभग ३ हजार मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतले जानकारी दिए।

उनका अनुसार नेम्वाङले ३५१५० मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका केशव थापाले २५७७९ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.