वाम गठबन्धनले देशैभरी आफ्नो पक्षमा नतिजा ल्याइरहेका बेला विगतका अधिकांश निर्वाचन जित्दै आएका कांग्रेसका हस्ती यसपालि पराजित भएका छन्।
नयाँ संविधानअनुसार गठन हुने पहिलो संसदमा आफ्नो उपस्थिति जनाउन असमर्थ भएका यी कांग्रेस नेता को को हुन् र तिनलाई हराउने को हुन्?
कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिलाई धनुषा–३ बाट राजपा नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोसँग पराजित गरेका हुन्।
अर्का प्रभावशाली नेता शेखर कोइरालाले मोरङ–६ मा एमालेका लालबाबु पण्डितबाट हार खाए।
महेश आचार्यले वाम गठबन्धनका अमनलाल मोदीबाट पराजित भए।
अर्का नेता बलबहादुर केसीलाई वाम गठबन्धनकै हेमकुमार राईले पराजित गरे।
त्यस्तै, मोहनबहादुर बस्नेत अग्नि सापकोटासँग हार खाए।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ माओवादी केन्द्रका हरिराज अधिकारीसँग पराजित भए।
विघटित संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई वाम गठबन्धनका देव गुरुङले हराए।
पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई वाम गठबन्धनका जीवनराम श्रेष्ठले पराजित गरे।