प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवार फराकिलो मतान्तरले अगाडि छन्।
इलाम– १ मा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले आफ्ना निकट प्रतिद्वन्द्वीलाई १४७५२ मतले उछिनेका छन्।
पछिल्लो परिणामअनुसार खनालले ३२३१४ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १७५६२ मत ल्याएका छन्।
इलाम–२ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ आफ्ना निकट प्रतिद्वन्द्वीको तुलनामा ८ हजारभन्दा बढी मतले अगाडि छन्।
नेम्वाङले ३२०३१ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका केशव थापाले २३१७८ मत ल्याएका छन्।